सन् १९९८ को अप्रिलमा हिमालयको खोँच क्षेत्रमा करिब ६ फिट गहिरो हिउँको बाटो हुँदै २२ वर्षीय पेन्पा छिरिङ हाम्रो घरबाट दक्षिणतर्फ रहेको नामागुङ ला क्षेत्रतर्फ गइरहेका थिए । एक तिब्बती गोठाला छिरिङ १५ हजार ७०० फिट अग्लो नामागुङ ला क्षेत्रमा गहुँ, चामललगायतका खाद्य सामग्री बोकेको चौरीको बथान लिएर गइरहेका थिए । गाउँले नेता लागयबले पेन्पालाई नामागुङबाट सात माइल उत्तरपूर्वमा रहेको लोदरक काउन्टीमा उक्त खाद्यान्न पुर्याउनका लागि पठाएका थिए ।
लादरक काउन्टीमा हिउँद गुजारिरहेका गोठालाहरूलाई खाद्यान्न अभाव भएपछि पेन्पालाई पठाइएको थियो । खाद्यान्न लिएर चौँरीसहित पेन्पा त्यहाँ नपुगेका भए गोठालाहरू त्यो जाडोमा भोकले मर्ने स्थिति थियो । एक दिन र एक रात हिँडेपछि पेन्पा त्यहाँ पुगेका थिए र उनले आफ्ना साथीहरूको जीवन जोगाएका थिए । फर्किने क्रममा हिउँको खोँचमा खसेर पेन्पाको मृत्यु भएको थियो । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार पेन्पा शहीद घोषणा गरिएका थिए ।
उच्च हिमाली क्षेत्रमा भोकले छटपटाइरहेका गोठालाहरूको जीवन जोगाएका पेन्पाले आफूलाई जोगाउन सकेनन् । वास्तवमा उच्च हिमाली क्षेत्रमा रहेका गोठालाहरूको जीवन जोगाउनेमात्र नभई बेइजिङको योजना अनुसार राजनीतिक उद्देश्य प्राप्तिका लागि पेन्पा त्यहाँ पठाइएका थिए । हाल उक्त चिनियाँ परियोजना विस्तार गर्दै अर्धसैन्य शक्तिमा रूपान्तरण गरिएको छ । उनीहरू चीनसँग सीमा जोडिएका हिमाली मुलुकहरूमा भूराजनीतिक अवस्थितिमा परिवर्तन गर्न प्रयोग गरिएका छन् ।
करिब १४ हजार २०० फिटको उचाइमा हिउँदको मौसममा बिनाकारण कुनै पनि गोठालाहरू बस्न सक्दैनन् । लगातार आँधी र हिउँ खसिरहने त्यस्तो खतरानाक ठाउँमा ६ महिना कुनै सञ्चार सम्पर्क बिना किन बसे भन्ने प्रश्नहरू उठ्छन् ।
चिनियाँ अधिकारीहरूले २३ सय फिटको तल रहेको क्याम्पमा १२ महिना नै मानिसहरू बस्नु निकै महत्वपूर्ण छ भन्ने निष्कर्ष निकाले । उक्त निर्णय त्यस क्षेत्रमा भौगोलिक दाबी गर्न सहज हुन्छ भन्ने योजनाअनुसार गरिएको थियो ।
सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको ३० वर्षपछि सीमा क्षेत्रका अवस्थिति परिवर्तन गर्दै भूटानसँग २३२ वर्ग माइलको सीमा जोडिएको घोषणा गर्यो ।
विदेश नीतिसम्बन्धी गरिएको अनुसन्धानको भाग १ मा नामागुङ ला तिब्बत र भूटानको परम्परागत सीमा क्षेत्र मानिन्छ । सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको ३० वर्षपछि सीमा क्षेत्रका अवस्थिति परिवर्तन गर्दै भूटानसँग २३२ वर्ग माइलको सीमा जोडिएको घोषणा गर्यो ।
दुई सय वर्ष पुरानो एक प्रतिवेदनका अनुसार तीब्बतका गुम्बा, लाहालुङ क्षेत्रमा बस्ने मानिसहरूले सीमा वारपार भेडा तथा वस्तुभाउ चराउन लैजाने गरेका थिए । त्यस समय सीमा वारपारको चौँरी, भेडा चराउने छुट दिइएको थियो ।
तर, सन् १९९५ मा ६२ चौँरीसहित चार जना तिब्बतीहरूलाई उक्त क्षेत्रमा स्थायी बसोबासका लागि पठाइएपछि सीमा क्षेत्रमा प्रवेश निषेध गरिएको थियो । उनीहरूको उद्देश्य भुटानी गोठालाहरूलाई उक्त क्षेत्रमा प्रवेशमा रोक लगाउनु रहेको थियो । चीनले विस्तारै उक्त क्षेत्र कब्जा गर्दै गएको विभिन्न प्रमाणहरूले देखाएको छ ।
सन् १९५० पछि बेइजिङको विस्तारवादी नीति
लामो समय आन्तरिक द्वन्द्वमा फसेको चीन विस्तारै कम्युनिस्ट पार्टीले सत्ता कब्जा गरेपछि स्थिर बन्दै जाँदा सन् १९५० मा तिब्बत कब्जा गर्यो । सन् १९५० पछि तिब्बतमार्फत विभिन्न हिमालयन मुलुकहरूमो सीमा क्षेत्रमा भूमि कब्जा गर्ने रणनीतिलाई पनि विस्तार गर्दै लगेको पाइन्छ ।
चीनले स्थानीय तिब्बती इतिहास प्रतिस्थापन गर्दै, गुम्बा बिहार बनाउँदै, परिवार परम्परालाई विस्तार गर्दै सीमा क्षेत्र विस्तार तीव्रताका साथ अघि बढाउन थालेको हो ।
तिब्बतियनहरूलाई चीनले सीमा क्षेत्र बियुलमा मिङगुर तासी, सोनाम चोइफेल, सेवाङ तेन्जिन, हन्टसोग नोर्बुलगायतलाई स्थायी बसोबासका लागि पठाइएका थिए । करिब २० वर्ष जति चारैजना बियुलमा बसे । सुरुमा टेन्टमा बसेका उनीहरू केही वर्षपछि टिनको छाप्रो बनाएर बसेका थिए ।
हाल ६३ वर्ष पुगेका मिङगुर तासीले एक अन्तर्वार्ताका क्रममा शुरूमा चार जनामात्रै उक्त क्षेत्रमा बसेको बताए । उनले भने, ‘सुरुमा दिनहरूमा निकै दुःख गरेका थियौँ । बिजुली थिएन, खोनकुराको अभाव थियो, समयमा पिउने पानीसमेत थिएन । हामी एक अर्कामा टाँसिएर सुत्थ्यौँ, जाडो कम होस् भनेर । अहिले त निकै राम्रो बस्ती बनेको छ ।’
उनीहरूले त्यहाँ बिस्तारै भुटानी गोठालाहरू आएमा कर उठाउन थालेको थिए । बिस्तारै चिनियाँ झण्डा फहराइयो र पत्थरहरूमा चीन भनेर लेखियो । सन् २००५ तिर भुटानीहरूको प्रवेशमा नै पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो ।
गर्मी मौसममा मात्र बियुलमा केही भुटानी सैनिकहरू बस्ने गरेका थिए । त्यहाँ भुटानी गोठालाहरूको सुरक्षाका लागि ती भुटानी सैनिक उक्त क्षेत्रमा बस्ने गर्थे । पछि चीनले बस्ती निर्माण गर्दै चीनको झण्डा राखेर प्रवेशमा नै रोक लगाएपछि सैनिक बस्न पनि छोडेका थिए ।
चिनियाँ सञ्चारमाध्यमहरूले बियुललाई पुरातन समयदेखि नै आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन् । चिनियाँ सञ्चारमाध्यमहरूले उक्त भूमि कसरी कब्जा गरिएको थियो भनेर कहिल्यै लेखेका छैनन् । चीनले भुटानको पश्चिमी सीमा क्षेत्रमा कब्जा गरेर भारतीय सेनालाई काउन्टर गर्न सहज होस् भन्ने उद्देश्य राखेको थियो ।
सन् १९९० मा चीनले भूटानलाई पश्चिमी सीमा क्षेत्रमा प्रदान गरेमा बियुलमा भूभागको दाबीलाई पुनरावलोकलन गर्न सकिने समेत बताएको थियो ।
सन् २००७ मा भूटान र भारतबीच गरिएको सन्धिमा भुटानले भारतको राष्ट्रिय सुरक्षा चासोको सम्मान गर्ने उल्लेख गरिएको छ । भारतको सुरक्षामा कुनै किसिमको आँच आउने गरी भूटानले चीनसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरिएको छ ।
यससँगै चीनसँग २१ सय माइलको सीमा जोडिएको भारतसँगको तनाब बढ्दै गयो । सन् २०१५ तिर भुटानले चीनमाथि दबाब सिर्जना गरिरहेको थियो । बियुलमा ठूला संरचनाहरू निर्माण गर्न थाल्यो । यससँगै भुटानी भूभागसम्म राजमार्ग विस्तार गर्यो । सन् २०१८ मा बियुलको पहिलो गाउँ ग्यालाफुगको निर्माण कार्य सम्पन्न भएको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ सत्ता सम्हालेसँगै तिब्बतसँग सीमा जोडिएका क्षेत्रहरूको तत्काल स्पष्ट पार्न चासो व्यक्त गरेका थिए । उनले तिब्बतका लागि नयाँ नीति बनाउन पनि आदेश दिएका थिए । जसको मुख्य कुरा मुलुकको सञ्चालनका लागि सीमाको सुरक्षा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको थियो ।
भूटानको भूभागमा चीनको दाबी
चीनले भूटानका पश्चिम क्षेत्रका चारवटा क्षेत्रमा आफ्नो दाबी गरेको छ भने उत्तरतर्फका तीनवटा क्षेत्रमा पूर्वमा एक क्षेत्रमा दाबी गरेको छ ।
सन् १९९० मा चीनले भूटानलाई पश्चिमा १०४ वर्ग माइलको भूभाग दिएमा उत्तरमा १९१ वर्ग माइलको क्षेत्र भूटानलाई दिने प्रस्ताव गरेको थियो । सन् १९८० को दशमा भूटानले खुलाखारी क्षेत्र गुमाएको थियो । रोबर्ट बर्नेटले गरेको एक अनुसन्धान अनुसार चीनले पूर्वको साकेतेङलाई भने आफ्नो नक्सामा समावेश गरेको छैन ।
चिनियाँ बस्ती विस्तार र संरचना निर्माण
चिनियाँ प्रतिवेदनका अनुसार चीनले सन् २०१५ यता उत्तरी भुटानमा आफूले दाबी गरेको क्षेत्र बियुल र मेचुमा उपत्यकामा तीनवटा गाउँ बसाएको छ भने सातवटा सडकहरू निर्माण गरेको छ । करिब पाँच वटा सैन्य चौकी र प्रहरी चौकी स्थापना गरेको छ ।
सन् १९८० को चीनको नक्साअनुसार नामागुङ ला क्षेत्रलाई सीमा मानिएको छ । भूटानको नक्सा अनुसार अन्तर्राष्ट्रियरूपमा मानिएको सीमा नामागुङ ला क्षेत्रभन्दा दुई माइल उत्तरतर्फ रहेको छ ।
सन् २०१५ देखि नै सीमा क्षेत्रमा गाउँ बसाउने र संरचना निर्माण गर्ने कार्यलाई तिव्रता दिइएको हो । नयाँ बस्तीमा बसोबास गर्ने स्थानीयहरूलाई नै सीमा रक्षाको जिम्मेवारी दिइएको छ । सीमा सुरक्षाकर्मीहरूलाई स्थानीय गाउँबासीहरूले पनि सहयोग गर्ने गरेका छन् । गाउँका नागरिकहरूलाई नै सीमा सुरक्षामा पनि भर्ती गरिएको पाइएको छ ।
चीनले तिब्बतीहरूलाई एजेन्टको रूपमा प्रयोग गरेर सीमा क्षेत्रमा पठाउने, भुटानीहरूलाई प्रवेश निषेध गर्ने, संरचनाहरू निर्माण गर्ने, बस्ती बसाउने र आफ्नो भूभाग हो भन्ने दाबी गर्ने गरेको छ ।
सीमा क्षेत्र रक्षा र विस्तारका लागि संयुक्त सुरक्षा टोलीसमेत गठन गरिएको छ । जसमा स्थानीय युवाहरू, बर्दीधारी सुरक्षा फौज, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन् ।
पछिल्लो समय सी जिनपिङ आफैँले पनि तिब्बतको भ्रमण गरेका छन् । उनले भारतीय सीमा क्षेत्रको अवलोकन गर्दै तिब्बत सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन् ।
सन् २०११ मा नै तिब्बतको ग्यालाफुग गाउँका बासिन्दाहरूको नै ‘गाउँबासी कार्यकर्ता समूह’ गठन गरिएको थियो । उनीहरूको काम स्थानीय सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई सघाउने र सीमा क्षेत्रको विस्तामा सहयोग पुर्याउने रहेको थियो ।
सन् २०२० मा सोही कार्यकर्ता समूहबाट नै प्रहरी सङ्गठन बनाएको पाइएको छ । उक्त टोलीलाई ‘आतंकवादविरुद्धको विशेष अनुसन्धान टोली’ नाम दिइएको थियो । उनीहरूलाई विपक्षीहरूको षड्यन्त्रविरुद्ध कसरी लड्ने भन्ने कुरा सिकाइएको थियो । उनीहरूका लागि पछिल्लो समय भवन पनि बनाइएको छ । उक्त भवनका लागि आवश्यक फर्निचरहरू चीन सरकारले उपलब्ध गराएको छ ।
यसरी चीनले विस्तारै बस्ती बसाउने र भूमि कब्जा गर्ने रणनीति अघि बढाउँदै लगेको छ । भूटानको जस्तै गरी यसअघि हुम्लामा पनि संरचनाहरू बनाइएका थिए । हाल उक्त भूमि नै आफ्नो दाबी गरिरहेको छ । चीनले भारतका विभिन्न सीमा क्षेत्रमा पनि दाबी गरिरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले यसअघि चीनतर्फ संकेत गर्दै आधुनिक युगमा विस्तारवादी प्रवृत्ति परास्त हुने चेतावनी दिएका थिए ।
(रोबर्ट बर्नेट आधुनिक तिब्बती इतिहास र राजनीतिका अनुसन्धाता तथा लेखक हुन् । उनी न्यु योर्कको कोलम्बिया युनिभर्सिटीमा ‘मोडर्न तिबेतन स्टडिज’ का संस्थापक निर्देशक हुन् । अंग्रेजी भाषाको उनको यो लेख सारांशमा नेपाली भाषामा भावानुवाद गरिएको हो ।)
खबरहबबाट