धनगढी: तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला सदरमुकाम खलंगामा रहेको गृह मन्त्रालयको टोली आज नेपालतर्फको घटनास्थल व्याँस गाउँपालिका–२ मालगाउँ पुगेको हो । टोलीले हिजो भारततर्फको घटनास्थल निरीक्षण गरेर सदरमुकाम फर्किएको थियो ।
नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली हेलिकप्टर मार्फत मालगाउँ पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
हिजो गृह मन्त्रालयका सहसचिव छानबिन टोलीका संयोजक जनार्दन गौतम नेतृत्वको छानबिन टोली भारतको धारचुला हुँदै गस्कु–मालघाट पुगेको थियो ।