बारा / बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा बाराको निजगढमा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ ।
२०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना संस्था दर्ता सदस्यमा समेटिएका छन् ।
संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।
सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् ।