काठमाडौं । राजधानीको गणबहालबाट प्रहरीले ९१ लख ९६ हजार हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले हुन्डीको मुख्य कारोबारी तनुज अग्रवालसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अग्रवाल सँगै नितेश श्रेष्ठ, नरबहादुर खड्का र अर्जुन चौलागाईं पक्राउ परेका छन्।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १७ वटा चेक, ८ वटा डिपोजित स्लिप बरामद गरेको छ भने थप अनुसन्धान र कारबाहीको लागि सम्पत्ति सुद्दिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको एसपी बस्नेतले बताए ।
प्रहरीले तनुजको घरमा छापा मारेर उक्त रकम बरामद गरेको हो। बस्नेतले भने,‘हुन्डीको ठूलो रकम कारोबार हुन लागेको सूचना पाएपछि प्रहरी परिचालित गरेर रकमसहित यसमा संलग्नलाई नियन्त्रणमा लिईयो। थप अनुसन्धानमै छौं।’