वीरगञ्ज २९ साउन । रक्सौल–काठमाडौं रेलमार्गको सरकारले अध्ययन सुरु गरेको छ । सरकारले पूर्व सम्भाव्यता अध्ययन गरिसकेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकेशन सर्भे गर्न लागेको हो । नेपाल सरकार र भारत सरकारबीच यसका लागि सम्झौताको तयारी समेत अघि बढेको छ ।
सम्झौताका लागि पूर्व तयारी भइसकेको गरिसकेको रेल विभागका महानिर्देशक दिपक कुमार भट्टराईले जानकारी दिए । उनले भने, “भारत सरकारकै लागतमा फाइनल लोकेशन सर्भे गर्न लागिएको हो । भारतीय रेल्वे कम्पनीको एउटा गाइडलाइन रहेको छ, त्यसको आधारमा सर्भ गर्न लागिएको हो ।”
सरकारले पूर्णता प्राप्त नगरेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि मन्त्रीविहीन भएकाले गर्दा कहिले कुन मितिमा सम्झौता हुन भन्ने मिति तय नभएको जनाइएको छ ।