मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।
केहीबेर अघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।
केन्द्रमा माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेसंगै स्पष्ट अल्पमतमा परेको डोरमणि पौडेल नेतृत्वको सरकार टिकाउन एमालेले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
उनलाई अब मुख्यमन्त्री बनाउने रणनीतिमा एमाले छ ।