काठमाडौं- विश्व फुटबलको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको हो। फिफाद्वारा आज सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो।
यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ। दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ।
नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ। विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ।
त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौं, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ।