महत्तरी । महोत्तरीमा घुस रकमसहित दुई जना पक्राउ परेका छन् । गौशालाको निगौलबाट पाँच हजार घुस रकमसहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित दुई जना पक्राउ परेका हुन ।
गौशाला नगरपालिका–५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशाला बस्ने राम आशिष साह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वरिष्ठ हवल्दार साहले किराना पसलका खाद्यान्न सामग्री नेपाल–भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएबापत पाँच हजार घुस रकम माग गरेका थिए । उनलाई अख्तियाले विशेष सूचनाको आधारमा रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।