२०६८ सालदेखि कलाकारितामा लागेका सिन्धुली भिमानका काफ्ने हास्यव्यंग्य विधामार्फत परिचित भएका छन् । छोटो समयमा आफुलाई कलाकारितामा स्थापित गरेका उनले कलाकारिता मात्र गरेर आफ्नो भविष्य नरहेको बुझे । कलाकारिता सँगै केही गर्नुपर्छ भनेर उनले
‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ को आउटलेट सिन्धुलीमा सञ्चालनमा ल्याएका हुन । ‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’को सुरुवात एक वर्ष अघिदेखि सुरु भएको भए पनि को’रोनाको कारण भर्खरै सञ्चालनमा आएको हो । युवा पुस्तामा एकदमै लोकप्रिय रहेको ‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ एउटा राष्ट्रिय ब्रान्ड हो ।
कलाकार दिनेशले १२ लाख रुपैयाँमा आउटलेट किनेर सिन्धुलीमा भि’त्र्याएका हुन । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा उक्त हाउस सञ्चालनमा छ। ‘हाम्रो लक्षित वर्ग युवा हुन्’, उनले भने, ब्राण्ड कन्सियस र गुणस्तरिय सेवा प्रदान गर्न पनि खोलेका हौं ।’ यती ठूलो लगानीको यो किसिमको सुविधा सम्पन्न र पारिवारिक जमघट गर्न सकिने सिन्धुलीको पहिलो फा’ष्टफुड हो । वर्गर हाउसमा क्रञ्चि वर्गर, कफी, फाष्टफुड सहित अर्डर अनुसारका परिकार पाईनेछ ।
एक पटकमा १२५ जनासम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इ’न्टेरियर, सभाहल एवम् रेष्टुरेण्ट एण्ड बार रहेको छ । डेढ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न उक्त हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक काफ्लेले बताए । काफ्लेले टिपिकल नेपाली खाना पाईने आफ्नै ‘नामको मधुवन नेपाली चुलो’ पनि सञ्चालन गरेका छन् । ‘द वर्गर हाउस एण्ट क्रञ्चि फ्राईड चिकन’ मा फाष्टफुडका आईटम पाईन्छ ।
यस्तै नेपाली चुलोमा टि’पिकल नेपाली खानाका परिकारहरु पाईने उनले जानकारी दिए । विषेश गरि सिन्धुलीमा उत्पादित कृषि उपजहरुलाई प्राथ मिकतामा राखिएको उनले बताए । मार्सी चामलको भात, ढिंडो, लोकल कुखुराको मासु लगायत सिन्धुलीमा उत्पादित स्थानीयस्तरका उत्पादनलाई चुलोमा पकाईने र ग्राहकलाई लोकल परिकारको स्वाद चखाउने उदेश्यले नेपाली चुलो पनि सञ्चालनमा ल्याएको काफ्लेले बताए ।
एक हप्तादेखि सञ्चालनमा आएको बर्गर हाउसको विधि वत् रुपमा भने नेपालीहरुको पर्व तीजको अवसरमा गरिने सञ्चालक काफ्लेले जानकारी दिए । ‘महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर उट्घाटनको तयारी गरेका छौं’, उनले भने ‘उद्घाटन नगर्दै पनि ग्राहकको चाप बढिरहेको छ ।उद्घाटन पश्चात अझ बढ्ने विश्वास छ ।’ युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाईका परिकार पाईने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने अनुमान काफ्लेको छ ।