१३ भदौ, निजगढ । लगातारको अविरल वर्षाका कारण वारा जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पुर्याउन सक्ने सम्भावन बढेको छ ।
झरी र लगातार वर्षा भएपछि निजगढ वडा नं ७ , ८ र ९ मा घरहरु डुबानमा पर्ने गरेका छन् । पानीको उचित निकाश नहुदा सो समस्या पर्ने गरेको छ । केहि महिनाअघि परेको बर्षापछि आएको बाढी पसेपछि निजगढ स्थित ईलाका प्रहरी कार्यालयमा रहेका हतियार र थुनुवा सुरक्षाको लागि अन्यत्र सारिएको थियो । सो समस्या भोलीको दिनमा पनि नआउला भन्न सकिन्न तर पनि निजगढ नगरपालीकाबाट पानीको निकास नहुदा निजगढ नपा ७ ८ र ९ का स्थानिय त्रासित हुने गरेका छन ।
त्यस्तै केहि समय अघि पनि अविरल वर्षाका कारण बकैया नदीमा आएको बाढीले निजगढ–रतनपुर सडकको करिव २ सय मिटर क्षेत्र बगाएको थियो । निजगढ र रतनपुर जोड्ने सो कालोपत्रे सडक लालखोलाले कटान गरेको थियो । वर्षामा खोलामा आएको भेलबाढी माथिल्लो सतह नाघेर सडकबाट बग्दा सडकका विभिन्न स्थानमा कालोपत्रे भत्किएको थियो ।
निजगढ नगरपालिका वडा नम्बर १० स्थित नागमणी सामुदायिक वन समुहको वन क्षेत्रमा पर्ने सडक बाढीले बगाएको थियो र रतनपुर लाल जान आवत जावतमा समस्या भएपछि सडक पुन वन क्षेत्रमा च्यापेर नयाँ ट्रर्याक खोईएको थियो ।
निजगढ नगरपालिकाले पछिल्लो समय निर्माण गरेको सडकमा नालाको राम्रो प्रवन्ध हुन नसकेका कारण नगरमा बाढी र डुवानको समस्या उत्पन्न भएको स्थानीय योगेश न्यौपानेले बताउनुभयो । पानी जमेर लगाइएको सागसब्जी नाश हुदा आगामी दिनमा सो तरकारी लगाउन हरेक किसानको मनै मरेको उहाँको भनाइ छ । गहिरो पारेर नाला बनाइनुपर्नेमा हाल निर्माण भएका अधिकांश नाला बस्ति भन्दामाथि अग्लो स्थानमा भएकोले पानी निकास हुन नसकेर बस्ती डुबानमा परेको उहाँको भनाइ छ ।
पानीकै कारणले हरेक पटक निजगढ जमुना पैनीको पुर्व पश्चिम राजमार्गमा सवारी साधनहरु आवत जावतमा समस्या आउने गरेको छ ।
यदी निजगढ नगरपालीकाले वेलैमा बगेर आउने पानीलाई उचित निकास दिनेहो भने सो समस्याहरु आगामी दिनमा कमि हुने थियो ।
हेरौ केहि समय अघि तयार पारीएको भिडियो रिपोर्ट