हेटौंडा । गएराति देखिको निरन्तर वर्षाको कारण इन्द्रसरोबर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको सडक मार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।
यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी-६ देउराली नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सुचारु भएको थियो । पछिल्लो दिनहरु दिनहुँ वर्षा भईराख्दा पहिरो जाँदा सडक अवरुद्ध भईरहेको छ ।