बाराको निजगढमा समाजवादीलाई धक्का लागेको छ । प्रदेश २ मा माधव नेपाल नेतृत्वको पार्टी समाजवादी बलियो देखिँदा बाराको निजगढमा पार्टी विभाजनको असर नदेखिने संकेत देखिएको छ ।
अध्यक्ष केपी ओलीको असंवैधानिक कदम विरुद्ध नेता नेपालको साथमा देखिएका निजगढका अधिकांश नेता एमालेको वडा स्तरिय भेलामा खुल्न थालिसकेका छन् ।
निजगढ वडा नं ४ को आज मंगलबार भएको भेलामा माधव समुहमा खुलेका केहि नेता र जनप्रतिनिधि पनि सहभागी भएका छन् । अध्यक्ष ओलीले १० बुदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किन तयार भएसंगै नेता नेपाललाई साथ दिदै आएको उनीहरु नयाँ पार्टीमा नगएर एमालेमै फर्किएका हुन् । निजगढमा एमाले प्रेमी जनताहरुले सो कार्यक्रमको फोटो सामाजिक संजालमा सेयर गर्दै स्वागत योग्य कार्य भन्दै प्रशन्सा समेत गरेका छन ।
एमालेका नेता तथा पुर्व साविक निजगढ गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, उपमेयर लिलादेवी लामिछाने खनाल लगायत वडाका जनप्रतिनिधि एमालेमै रहने देखिएको छ । केहि दिन अघि अघि सिंङगौलमा भएको वडा भेलामा माधव नेपाल समुहका नेताहरु नदेखिएता पनि आज भने खुलेरै ४ नंको वडा भेलामा आएको देखिन्छ । सिंङगौलमा भएको वडा भेलामा पश्चात माधव नेपाल समुहका नेता तथा वडा नं ७ अध्यक्ष रामजि बजगाइले सामाजिक संजालमा यस्तो लेखेका थिए
सुनिन्छ वडा अधिबेशन हुदैछ , पूर्व कमिटीहरु यथावत छन् कुन कमिटीमा निर्णय भयाे थाहा छैन, केन्द्र र जिल्लाकाे सर्कुलर आएकै छैन, केही व्यक्तिहरुकाे लहडमा अधिबेशन जस्ताे कुरा हुन सक्छ ? पर्टी एकढीक्का रहेकाे सन्देश दिने गरि यस्ता अधिबेशनहरु सम्पन्न गर्नु पर्छ। माैका यही हाे केहीलाई ठेेगान लगाउने भन्ने कसैलाई लगेकाे हुनसक्छ। तर तेसरी पर्टी निर्माण हुदैन साथिहरुहाे। केद्रका केही नेताहरुले बुद्दि बिगार्दैमा गाउँ बिगार्ने काम कसैवाट पनि नहाेस् । यस्ता अराजनितिक गतिविधि नगराै सबैकाम बिधिसम्मत तरिकाले गराै अहिले यस्ताकाम नगराै सम्यमित बनाै । सबैमा अभिबादन ।
उनको यस पोष्ठबाट धेरैले अडकल लगाएका थिएकी निजगढका जनप्रतिनिधी एमालेमा थिए र एमालेमै रहन चाहन्छन । उता पुर्व मन्त्री पुरुषोत्तम पौडेल भने झलनाथ खनाल खेमाका नेताको रुपले चिनिछन भने तर नयाँ पार्टी दर्ता भएदेखि निष्कृय देखिएका हुन । पौडेल हाल नयाँ र पुरानो दुवै पार्टीको कुनै पनि गतिविधिमा देखिएका छैनन् ।
स्रोतको अनुसार शनिवार रतनपुरमा एमालेले वृहत कार्यक्रम गर्दैछ ।