बाराको जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालीकामा विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नेकपा एमालेमा पार्टी प्रवेस गरेका छन् ।
जसपा पार्टी परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका नेता राजुराज गिरीले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउन आफनो पहल हुने प्रतिबद्धता ब्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टि प्रवेस कार्यक्रमाम राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी छाटेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टी प्रवेस गराए ।
पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस जीतपुर जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।
नेकपा एमाले जीतपुरका पुराना एवंम् अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजीत कार्यक्रममा नेपका एमालेका केन्द्रिय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेपका एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगाएको सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
निजगढमा कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न
निजगढ नपा ११ नेपाल राष्ट्रिय माबीको प्रांगणमा भएको कार्यक्रमको अध्यक्षता दिल बहादुर लामाले गर्नुभएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय सदस्य महेस बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगर उपप्रमुख लीला देबी खनाल, जिल्ला कमिटी सदस्य विश्वनाथ लामिछाने , लक्ष्मी नेपाली,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिब मोमिन आलम ,अनेरास्वबियु केन्द्रिय सचिबालय सदस्य त्रीलोक बिक्रम शाह ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्यहरु हिरा बस्नेत, विश्वाश शाह ,अशोक तिवारी,नेपाल राष्ट्रिय बाणिज्य महासंघ केन्द्रीय सदस्य शिव पौडेल,युवा संघ जिल्ला अध्यक्ष पुरुशोत्तम शाह, अनेरास्वबियु जिल्ला अध्यक्ष भैयाराम सहनी, सान्स्कृतिक मन्च जिल्ला अध्यक्ष चयन मगर गुरुङ, लक्ष्मी गुरुङ लगायतको सयौँ नेता कार्यकताको उपस्थिती रहेको थियो ।
हेरौ कार्यक्रमको भिडियो