बिर्तामोड / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन् ।
विप्लव समूहले एमसीसी नेपालको हितमा नरहेको भन्दै यसको खारेजीको माग राखी सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरको हो । विरोध प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरू पनि सहभागी भएका छन् ।
सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।