५७ औं बाल दिवसको अवसरमा निजगढ नगरपलिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले हिजो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
‘सामान्य अवस्था वा कोभिड माहामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराकासाथ बालबालिकाहरुसग नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । नगरपालिका सभा हलमा भएको सो अन्तरक्रिया कार्यक्रममा सहभागी सहभागी बालबालिका बालमैत्रि नगर घोषणा, बाल श्रम शोषण अन्त्य जस्ता विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
निजगढ नगरपालिका वडा न ८ की कक्षा ८ मा अध्ययनरत छात्रा कृतिका धितालले नगरपालिकाले बालमैत्री नगर घोषणा गर्ने गरी कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्दै नगर क्षेत्र भित्रका सबै बालबालिकालाई समेटने कार्यक्रम संचलन गर्न अनुरोध गर्नुभयो ।
नगर प्रमुख सुरेशकुमार खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको बिशेष उपस्थित रहेको थियो । अन्तक्रिया कार्यक्रममा वडा अध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारी, ज्ञानबहादुर गोले तथा कार्यपालिका सदस्यहरु लक्ष्मी गौतम, जगतकुमारी अधिकारी, सरिता राई र पवन बिकको उपस्थिति रहेको थियो ।
त्यस्तै निजगढ नगरपालिका वडा नं ८ स्थित गौरी शंकर प्राविधिक शिक्षालयमा पनि हाजिरजवाफ, चित्रकला लगायत अन्य कार्यक्रम गरी वालदिवस मनाइएको छ ।