वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित प्रदेश २ को पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
हिजो साझ ५ बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वा बाट वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ का अजय कुमार शर्मालाई पक्राउ गरेको हो ।
भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाची मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलमा सवार शर्माले पछाडि भिरेको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-२९६ थान, रु.१०० को नोट-५ थान गरी जम्मा रु.१,४८,५००।– ( एक लाख अड्चालीस हजार पाँच सय ) फेला परेको प्रहरीले जनाएको छ।
उक्त रकम बरामद गरी मोटरसाइकलसहित शर्मालाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।