सिन्धुपाल्चोक, ३० भदौ / अपर तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा टावरबाट खसेर एक घाइते भएका एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ जल्कीने नर्सिङ्डाँडामा टावर बनाउने क्रममा खसेर भारतीय नागरीक शेख मतिउरको मृत्यु भएको प्रहरीले जनाएको छ । । मतिउर गत भदौ २६ गते टावरको करिब १३ फिट माथिबाट खकेका थिए । टाउको, छाती तथा शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर अस्पताल, भक्तपुर लगिएकोमा उनको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
२८ वर्षीय मतिउर एलएनटी कम्पनीका ढेकेदार मार्फत टावर निर्माण गर्ने कार्य गर्दै आएका थिए । भारतको बंगालमाल्दा सतघरीयाका मतिउरको आफन्त समेत सँगै काम गर्ने भएका कारण उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।