दाङ – दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा करेन्ट लागेर एक युवतीकाे ज्यान गएकाे छ ।
करेन्ट लाग्नेमा २२ वर्षीया युवती प्रमिला चौधरीको ज्यान गएको थियो ।
घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चौधरीलाई आज बिहान करेन्ट लागेको थियो ।