बाराका नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेल जनताको पार्टी भन्दै लामो समयदेखी मौनतामा रहे पनि नेकपा (एमाले) मै रहने घोषणा गरेका छन।
नेता पौडेल राजनीतिक गतिविधिमा केहि समय अघि देखि निष्कृय बनेका थिए ।
शनिबार राती निकै लामो सामाजिक संजालमा स्टाट्स लेख्दै उनले मौनता तोडेका छन् ।
बाराबाट पटक पटक निर्वाचित लोकप्रिय नेता पौडेल एमालेको खेलकुद महासंघको अध्यक्ष थिए । उनी नेकपाकालमा पनि सोही पदमा थिए । तर पछिल्लो समय एमाले ब्युँतिएपछि भने खेलकुद महासंघ रमेश पौडेलको नेतृत्वमा गठन भएको छ । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले ४३ वर्ष बिताएको पार्टी छाड्न मन नलागेपछि एमालेभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।
उनले पार्टी विभाजन गलत भएको भन्दै ४३ वर्ष योगदान गरेको पार्टीमा रहेर संघर्ष गर्ने निर्णय लिएको घोषणा गरेका छन् ।
पढौ उनको सामाजिक संजालको स्टाटस