नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वास्थमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । केही दिनदेखि रुघाखोकीले ग्रस्त उनी बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
अध्यक्ष नेपालको निजी सचिवालयले उनलाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको जनाएको छ।
अस्पतालमा उनको उपचार वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोलीले गरिरहेको बताइएको छ । अस्पतालमा रहेका उनको सबैखाले भेटघाट बन्द भएको समेत सचिवालयले जनाएको छ ।
पछिल्लो केही समय राजनीतिक भेटघाटमा व्यस्त उनी दुई दिनदेखि घरमै आराम गरिरहेका थिए । सरकार विस्तार लगायतका विषयमा उनको दौडधुप रहेको थियो ।