एजेन्सी , गायिका शाकिराले आठ वर्षको छोरासँग बार्सिलोनाको पार्कमा घुमिरहँदा आफूहरु माथि दुईवटा बँदेलले आक्रमण गरेको बताएकी छन् । कोलम्बियन गायिकाले आफ्नो झोला थुत्नुअघि उनीहरुले आक्रमण गरेको र आफूहरु रुखको पछाडि गएर लुकेको उल्लेख गरेकी छन् ।
उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रृंखलाबद्ध किसिमले आफूमाथि भएको घटनाबारे बताएकी छन् । उनले आफ्नो च्यातिएको झोला क्यामरातिर देखाउदै ‘हेर्नुहोस् मलाई आक्रमण गरेका बँदेलले कसरी मेरो झोला पार्कमा छोडेका छन् ?’ भन्दै प्रश्न गरेकी छन् ।
‘उनीहरुले मेरो मोबाइलसहितको झोलालाई रुखमा लगिरहेका थिए’, गायिकाले भनेकी छन्,‘उनीहरुले सबै बर्बाद पारे ।’ बार्सिलोनाका फूटबलर पिता जेरार्ड पिकेकी श्रीमति शाकिराले छोरा मिलान तिर देखाउदै ‘मिलनले सत्य कुरा बोल्छ । तिम्रो आमाले बँदेलको आक्रमणको सामना कसरी गरिन् भनिदेऊ’ भनेकी छन् ।
क्याटलन राजधानीमा पछिल्लो वर्षमा बढ्दो रुपमा आक्रमक देखिएका बँदेलको आक्रमणमा पर्ने साकिरा पछिल्लो पीडित हुन् । सन् २०१६ स्पेनिस प्रहरीमा १ हजार १ सय ८७ टेलिफोन उजुरी बँदेलको आक्रमण सम्बन्धी उजुरी परेको थियो । जुन उजुरीमा बँदेलहरुले कुकुरहरुमाथि आक्रमण गरेको, बिरालोको खानेकुरा थुतेको, ट्राफिकलाई रोकेको र कार चढेका कुरा उल्लेख थिए ।
सन् २०१३ मा एक सिटी प्रहरी अधिकृतले बँदेल नियन्त्रणका लागि प्रयास गरेका थिए । उनले बँदेललाई गोली चलाउदा त्यो गोली बँदेललाई नलागेर उनको साथीलाई लागेको थियो ।