निजगढ,१४ आश्वीन । निजगढ क्रिकेट क्लव बाराको कोल्हविमा जारी दोश्रो कोल्हवी मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार सम्पन्न खेलमा कोल्हविको सपही क्रिकेट टिमलाई ३० रनले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोहो ।
टस जितेर पहिले ब्याटिङ गरेको निजगढले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रन बनाएकोथियो । निजगढकोलागी शुरुवाती ब्याट्सम्यान दिलिप श्रेष्ठले सर्वाधिक २० रनको योगदान दिनुभयो भने कप्तान शंकर पौडेल र शिवनारायण सहनीले समान १८/१८,स्वणर् लामाले १७ र विकेट किपर निर्मल सापकोटाले १३ रनको योगदान गर्नुभयो । सपहीकालागी सन्तोष शर्माले सर्वाधिक ३ विकेट लिनुभयो भने असलम अन्सारी र सरोज बैठाले समान २/२ विकेट र ईश्वर गौतमले १ विकेट हात पार्नुभयो ।
जवाफी ब्याटिङमा उत्रीएको सपहीलाई निजगढले शुरुवात देखि नै दबाबमा राखेकोथियो । ११८ रनको लक्ष पछ्याएको सपही १५ ओभर ३ बलमा ८७ रनमा नै सबै विकेट गुमाउंदै समेटियो । सपहिकालागी दिपेश यादवले १९ र सरोज बैठाले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । सपहिलाई सस्तैमा समेट्न निजगढका दिलिप श्रेष्ठले ४ विकेट लिनुभयो भने प्रविण खड्काले ३,सुजन श्रेष्ठ र शंकर पौडेलले समान १/१ विकेट लिनुभयो ।
खेलको म्यान अफ द म्याच निजगढका दिलिप श्रेष्ठ घोषित हुनुभयो । फाईनल प्रवेशकालागी निजगढले अब कोल्हवी क्रिकेट टिम र रौतहटको विजयपुर क्रिकेट टिमबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाईनल खेलमा थप सुधार गर्दै टिम प्रतिस्पर्धामा उत्रने निजगढ क्रिकेट क्लवका व्यवस्थापक विष्णु खड्काले बताउनुभयो ।