मकवानपुर । मकवानपुर सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असोज १५ (डेढ महिनामा) गते सम्म दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर साउन महिनामा मात्रै ४ जनाले मृत्यु भएको ट्राफिक प्रहरी मकवानपुरको तथ्याङ्कमा छ ।
तथ्याङ्क अनुसार, साउन महिनामा २५ वटा सवारी दुर्घटनामा भएकोमा ११ जना सामान्य घाइते र ४४ जना सामान्य घाइते भएका छन् । यस्तै, भदौ महिनामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । भदौ महिनामा १५ वटा सवारी दुर्घटनामा भएकोमा ११ जना गम्भीर घाइते भएका छन् ।
यस्तै, असोज महिनामा भने सवारी दुर्घटनामा कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । असोज महिनामो असोज १५ गतेसम्म १० वटा सवारी दुर्घटना भएको छ । जसमा ५ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साँघुरो सडक, बिग्रीएको सडक, सवारी चालकको लापरबाही, मादकपदार्थ सेवन गरी गाडि चलाउने, गाडिमा ओभरलोड बोक्नाले सवारी दुर्घटना भएको पाएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले जानकारी दिए ।