बिपिन अधिकारी : निजगढ, असोज १६- बाराको निजगढ स्थित जेठो सहकारीको रुपमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । संस्थाको अध्यक्ष भोला प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, बिशिष्ट अतिथि केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघ लि.का केन्द्रिय सदस्य दिल बहादुर लामा रहनु भएको थियो ।
त्यस्तै अतिथिहरु निजगढ नगरपालिकाका सहकारी अधिकृत पद्मराज तिमल्सिना, निजगढ वडा नं.९ का वडा अध्यक्ष सुर्दशन प्रसाद बडाल, गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख राम प्रसाद गौतम, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शोभा राउत, गौरीशंकर मा.वि. ८ का प्राचार्य बद्रीनारायण झा, सार्वजनिक मा.वि. वागदेवका अध्यक्ष दुर्गा प्रसाद गौतम, हिमचुली साना किसान कृषि सहकारी संस्था लि.का उपाध्यक्ष दुर्गा कोइराला, जनकल्याण आधारभुत बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद नेपाल, ने.रा.मा.वि. रतनपुर ११ का प्रधानाध्यापक इन्द्रदेव यादव र संस्थाका सल्लाहाकार सदस्य, चेतराज खरेल, नागेन्द्र साह लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रमुख अतिथि सुरेश कुमार खनाल, विशिष्ट अतिथि केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका केन्द्रिय सदस्य दिल बहादुर लामा, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष दुर्गा कोइराला, बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष शोभा राउत, बागदेव दुग्द्य उत्पादक सहकारी संस्था लि.का अध्यक्ष थानेश्वर सापकोटा लगायतले बोल्नुभएको थियो । संस्थाले बार्षिक उत्सवको अवसरमा आयोजना गरेको हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार सहित प्रशंसा पत्र हस्तान्तरण गर्नुका साथै संस्थाले बर्षको उत्कृष्ट जेष्ठ नागरिक सदस्य तर्फ दिल प्रसाद गौतम, शेयर खरिद सदस्य तर्फ सविता भण्डारी, ऋणी सदस्य तर्फ श्रीमती पार्वती थरुनी, बचत सदस्य तर्फ सुमन घिमिरे लगायतलाई २,००० बराबरको शेयर थप गरि प्रशंसा पत्र र कर्मचारी सम्मान तर्फ संस्थाका लेखापाल बिमल अधिकारीलाई ५,००० शेयर थप सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो भने बालबचत सदस्य तर्फ शुभम् श्रेष्ठलाई २,००० बराबरको स्टेशनरी सामान र प्रशंसापत्र हन्तान्तरण गरिएको थियो त्यस्तै निजगढ ७ स्थित शक्तेश्वर आधारभुत बिद्यालयका गरिब जेहेन्दार बिद्यार्थीहरुलाई ५० थान (टेक्कसुट) वितरण गरिएको थियो ।
संस्थाको यस बर्ष निर्वाचन हुने भएकोले उक्त निर्वाचन समितीमा निर्वाचन अधिकृत दिल बहादुर लामा, सदस्यहरुमा शोभा राउत, पद्मराज तिमल्सिना लगाएत रहनुभएको थियो ।
सभामा उपस्थित शेयर सदस्यहरुबाट सर्वसम्मतले पारित गरि संचालक समिति तर्फ अध्यक्षमा भोला प्रसाद गौतम, उपाध्यक्षमा हरिमैया (कल्पना) पोखरेल, सचिवमा बोधनाथ चौलागाई, कोषाध्यक्षमा बच्चुराम लामिछाने सदस्यहरुमा सुदिप कोइराला, सोम बहादुर जिम्बा, रमेश प्रसाद गौतम, सिता रिसाल, दिनानाथ साह, राधिका कुमारी गौतम र बालकृष्ण श्रेष्ठ रहनु भएको छ भने लेखा समिति तर्फ संयोजक रुद्र प्रसाद धिताल ,सदस्यहरुमा प्रल्लाद प्रसाद रिमाल र मञ्जु कार्की चयन हुनुभएको छ ।
संस्थाले विगत बर्षमा झै यस बर्ष पनि २७ जना शेयर सदस्यहरुलाई भाग्य चिठ्ठा गराई भ्रमणको ब्यवस्था गर्नुको साथै ३ जना प्रथम, द्धितीय र तृतीय हुने माग्यशाली शेयरसदस्यलाई विशेष पुरस्कारको समेत ब्यवस्था गरिएको थियो भने कार्यक्रम संचालन सचिव बोधनाथ चौलागाईले संचालन गर्नुभएको थियो ।साधारण सभा निजगढ ८ स्थित निजगढ बैँकुट (पार्टी प्यालेसमा)भएको थियो ।