बारा १९ असोज । प्रदेश नं २को बारामा बाल्टीमा राखिएको पानीमा दुई वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा डुबेर सोमबार मृत्यु भएको हो ।
बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
मृत बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको उनले बताए ।