लामो समय देखी चर्चामा आइरहेका सामाजिक अभियानता पुण्य गौतम कहिले प्रत्रपत्रिका , कहिले टेलिभिजनमा कहिले युट्युटमा देखिरहने अनुहार हो । उनको भिडियो अन्तर्रवार्ताहरु युटुबमा लाखौ रुपमा हेर्न पाईन्छ । उनै सामाजिक अभियानता पुण्य गौतम अहिले युटु्युब अन्तर्रवार्ता भन्दा पनि टिकटक लाईभ देखिन लागेका छन ।
गौतमलाई छोटो समयमै टिकटकमा फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख ५० हजार भन्दा बढी रूपैयाँ आम्दानी भएको उनले प्रेसचित्रडटकमलाई बताए । गौतम पहिलो पटक पछिल्लो शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजार भन्दा बढी प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।
गौतम दम्पतीले टिकटकको आम्दामीबाट केहि रकम चर्चित दोहोरी कार्यक्रम ईन्द्रेणीमा गएर कृष्ण कणेललाई ५० हजार दुखी गरिव र मृगौला पिडितलाइ सहयोग गर्नु भन्दै हस्तान्तरण गरे । आगामी दिनमा पनि टिकटकबाट आएको केहि रकम पुन यस्ता सामाजिक कार्यमा सहयोग गर्ने प्रेसचित्रलाई बताउछिन पुण्य गौतमकी श्रिमती अपेक्षा अधिकारी ।