बारा क्षेत्र नं. १ बाट निर्वाचित माननिय उमाकान्त चौधरीले खानेपानी मन्त्रालयको जिम्बेवारी पाउनु भएको छ ।
उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन्। चौधरीसँगै नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर गरेका चौधरी कोथुप्रै लेख-रचना विभिन्न पत्रत्रिकामा प्रकाशित हुँदै आएका छन्। उमाकान्त चौधरीको राजनीतिक जीवन २०३६ सालमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलन र लोकतन्त्र स्थापनाको आन्दोलनमा लाग्दा उहाँले पटक-पटक गरी १५ महिना जेल-जीवन बिताउनुभएको छ।
ने.वि.संघको केन्द्रीय सदस्य, तरुण दलको केन्द्रीय सदस्य र त्रिविवि स्ववियुको उपाध्यक्ष रहिसकेका चौधरीले कृषि तथा सहकारी सहायक मन्त्रीको जिम्मेदारी समेत वहन गरिसक्नुभएको छ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका थिए । सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी परेका हुन् ।