काठमाडौं कात्तिक ३
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका तीन जना केन्द्रीय सदस्यहरू रामेछापका झम्क कँडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसी एमालेमै फर्किएका छन् ।
ती नेताहरू आज आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएका एमाले बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जनाएका छन् । उनीहरू एकीकृत समाजवादीकाे बिस्तारित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी मध्येका केन्द्रीय सदस्यहरू हुन् ।
ओलीले एक हप्तामै सरकार ढाल्छु भनेपछि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे।
बुधबार काठमाडौंमा आयोजित एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, “अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ।
एमालेले ढाल्दिउँ भन्ने हो भने। यस्तै–यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौँ । लोभीपापीहरू छन् दिए भइगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र १ दिए सिद्धिने कुरा छ त्यहाँ। अरूले भन्दा हामी दिन सक्छौँ नि। अरूले पाँच विलो लगाउनुपर्छ। हामीलाई त के छ र सिंगै आफू हो। प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै।
हामी त त्यो गर्न सक्छाँ नि । अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधव ९नेपाल०लाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस त ४० प्रतिशत। सक्दैन। तर, हाम्रो अभिष्टचाँहिँ सरकार बनाउने होइन।
हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौँ । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौँ।” अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए ।
उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।