७ कात्तिक, काठमाडौं । सरकारले आजदेखि देशभर स्वास्थ्य चौकीहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।
६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भि’टामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको छ। स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आ’ग्रह गरेको छ । आज खान छुटेकालाई भोलि खुवाउन सकिने छ ।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भि’टामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएकोमा यस वर्ष त्यो मितिमा दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । यसअघि पहिलो च’र’ण’मा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो ।
६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण ग’र्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ का’र्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।