काठमाडौं । नबिल बैंक लिमिटेडले गत आ.व. ७७/७८को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको तयारी गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हालसम्म घोषणा गरेका वाणिज्य बैंकहरुको भन्दा नबिल बैंकको लाभांश सर्वाधिक रहेको छ ।