काठमाडौँ। नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बर २को निजगढमा ‘चलचित्र निर्माण आधारभुत (क्र्यास कोर्स)’ प्रशिक्षण कार्यक्रम सन्चालन हुने भएको छ।
सात दिन सम्म चल्ने उक्त कार्यक्रममा सर्लाही,रौतहट,बारा र पर्सा जिल्लाको गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी गराइने आयोजकले जानकारी दिएको छ। चलचित्र विकास वोर्डको आयोजनमा हुन लागेको कार्यक्रमको संयोजन निर्देशक समाजले गर्दै गरेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले प्रेसचित्र डटकमलाई बताएका छन । मङ्सिर १ गते देखि ७ गते सम्म संचालन हुने सो कार्यक्रमले नेपाली चलचित्रमा भबिस्य बनाउने खोज्ने हरुलाई बिशेष लाभ पुग्ने आयोजकले विश्वास लिएको छ।
यस कार्यक्रमको परिकल्पनाकार निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा हुन् । कार्यक्रमलाई सहयोग गर्नेमा निजगढ नगरपालीका र होटल तथा पर्यटन व्यवसायी संघ रहेका छन । कार्यक्रम निजगढमा रहेको होटल तारा इनमा हुनेछ ।