अन्तराष्ट्रिय बाल दिवसको अवसरमा निजगढमा प्रभातफेरीको आयोजना गरिएको छ ।
निजगढ नगरपालिकाको सहयोगमा निजगढ बाल संजालले हिजो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका विद्यार्थी, शिक्षक र जनप्रतिनिहरु सहभागी रहेको प्रभातफेरि शहीचोकबाट पुर्वपश्चिम लोकमार्ग हुदै बुद्धचोकमा पुगेर समापन भएको थियो ।
बाल संजालकी संयोजक कृतिका धितालको अध्यक्षतमा भएको सो सभामा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेले बालबालिकाको विकासको लागि बाल दिवस जस्ता कार्यक्रमलाई सदुपयोग गर्नु पर्ने बताउनुभयो । उहाँले दिवसको अवसरमा बालबालिकाहरुले आयोजना गरेको कार्यक्रमबाट आफु धेरै हर्षित र प्रभावित बनेको पनि बताउनुभयो । कार्यक्रमा बोल्दै गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बन्द्रीनारायण झाले पनि बालबालिको क्षमता र प्रतिभा विकासको लागि रचनात्मक र सृजनात्मक कार्यक्रमको आयोजना गरिने पर्ने बताउनुभयो ।
बाल संजालकी ईश्वरी शर्माले संचालन गरेको सो समापन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ५ का थलप्रसाद गौतम र वडा नम्बर ८ का अध्यक्ष टेकबहादुर लामालगायतको पनि सहभागिता रहेको थियो ।