अमेरिककाले पेट्रोलियमपदार्थको उत्पादन बढाउन र रुसले घटाउन दबाब दिएको कारण खाडीमुलुकहरू चेपुवामा पर्दै आएका छन् ।
-
धीरज निष्पक्ष
अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेलभण्डारबाट ५ करोड ब्यारेल कच्चा तेल निकाल्न अनुमति दिएका छन् । यो अनुमतिसँगै विश्वआपूर्तिमा अमेरिकाले झण्डै ५३ प्रतिशतको हिस्सा ओगट्दछ । हाल विश्वभर दैनिक करिब साढे ९ करोड ब्यारेल ईन्धनको खपत हुँदैआएको छ । लगातार पेट्रोलियमपदार्थको विश्वभर मूल्यवृद्धि भईरहेपछि रुसीअर्थतन्त्रलाई नियन्त्रण गर्न नसक्ने निक्र्योलमा पुगेको अमेरिकाले ‘मूल्यवृद्धि नियन्त्रण’को आवरणमा रुसीअर्थतन्त्रलाई रोक्ने अर्को कदमस्वरूप नुनिलोगुफामा भविष्यको लागि भन्दै भण्डारण गरिएको तेल विश्वबजारमा पठाउन राष्ट्रपति बाइडेनले अनुमति दिएका हुन् ।
विश्वमा तेल खपत गर्ने मुलुकहरूमा अग्रपंक्तिमा अमेरिका, चीन, भारत, जापान, दक्षिणकोरिया र रुस पर्दछन् । रुसको दबाब थेग्न नसकेपछि खाडीका देशहरूले तेलको उत्खनन र प्रशोधनमा भारीमात्रामा कटौती गरेपछि यतिबेला विश्वभर नै तेलको मूल्यवृद्धि भएको छ । पेट्रोलियमपदार्थको मूल्यवृद्धिसँगको साइनो अमेरिका-रुस शीतयुद्धबाट अभिप्राय: छ । पेट्रोलियमपदार्थको मूल्यवृद्धि हुनु भनेको रुसीराष्ट्रपति भ्यादिमीर पुटिनविरुद्ध अमेरिकीराष्ट्रपति जो वाईडेनको रणनीति निरीह भएको अर्थराजनीतिमा बुझिन्छ ।
अहिले रुसको अर्थतन्त्र धराशायी छ । अब त्यहाँ अर्थतन्त्रको आधार भनेकै पेट्रोलियमपदार्थ बन्न पुगेको छ । रुसको कूल गार्हस्थउत्पादनको झण्डै ३२ प्रतिशत हिस्सा ओगट्ने पेट्रोलियमपदार्थको मूल्य घटाउन अमेरिकीराष्ट्रपति वाईडेनले खाडीमुलुकहरूलाई तेलको उत्पादन (उत्खनन र प्रशोधन) बढाउन निरन्तर दबाब दिँदै आएका थिए, ताकी विश्वबजारमा आपूर्ति बढोस् र, तेलको मूल्य घटोस् । जसको प्रत्यक्षअसर रुसीअर्थतन्त्रमाथि परोस् भन्ने थियो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीयनिर्वाचनमा अनलाईन तथा साइबर प्रयोगमार्फत ट्रम्पलाई जिताउन पुटिन/रुस लागेको बुझाईबाट अमेरिकीराष्ट्रपति वाईडेन रिससाँध्दै रुसमाथि थप दबाब र प्रतिबन्धलाई बढाईरहेका छन् ।
त्यस्तै रुसले पनि प्राकृतिकदोहनलाई बढावा दिन नहुने भन्दै खाडीमुलुकमाथि पेट्रोलियमपदार्थको उत्खनन र प्रशोधनकार्यमा धेरै नबढाउन निरन्तर दबाब दिँदै आएको छ । पेट्रोलियमपदार्थको उत्पादनलाई अमेरिकाले बढाउन र रुसले घटाउन दबाब दिएको कारण खाडीमुलुकहरू चेपुवामा पर्दै आएका छन्, यसको खुलाउदाहरण दुबैको क्रिडास्थल सिरिया बन्न पुगेको छ ।