युवा तथा सानाव्यवसायी स्वरोजगारकोष र गरिमा विकास बैङ्क बीच स्वरोजगारकर्जा लगानी सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।
बेरोजगारयुवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लोपटक बैङ्क मार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो ।
२०६५ सालमा स्थापित स्वरोजगारकोषले यस अघि मूलभूत रूपमा सहकारीसंस्थामार्फत लगानी गर्दै आएको भएपनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्क मार्फत पनि लगानी गर्न लागेको हो । कोषले हाल सम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हाल सम्म करिब ८१ हजार भन्दा बढी युवाहरू स्वरोजगार बनेका छन् ।
त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नको लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू.५ करोड थोककर्जा लगानीको लागि मङ्सीर ०८ गते सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।