लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा निजगढमा भएको निःशुल्क आँखा शीवीरमा २ सय १६ जनाले मोतियाबिन्दुको शल्यक्रिया गराएका छन ।
शीवीरमा आँखा रोगीहरुको परीक्षणपछि मोतियाबिन्दु फेला परेका बिरामीहरुको नेपाल आखा अस्पतालका चिकित्सक कमल खडका, सिमान्त खडका र बिनिता केसीको टोलीले बिरामीहरुको शल्यक्रिया गरेको थियो । शीवीरमा १५ सय जनाले आखाको परीक्षण गराएको लायन्स क्लब आफ निजगढ पिसका अध्यक्ष रञ्जन लामिछानेले बताउनुभयो ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं र निजगढ नगरपालिकाको सौजन्यमा निजगढ नगरपािलका वडा नम्बर ९ शहिद चोकस्थित लक्ष्मी नारायण धर्मशालामा संचालन भएको थियो । शिवीरमा लायन्स क्लब अफ काठमाण्डौं सम्वृद्धि, लायन्स क्लब अफ भक्तपुर स्वीट होम र मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढको सहयोग रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।