बाराको निजगढ नगरपालिकामा पनि तेश्रो लहरका कोरोना भाईरसका संक्रमित देखा परेका छन ।
विश्व भरी दिन प्रति दिन तेश्रो लहरका कोरोना संक्रमित थपिने क्रम रहेको बेलामा वाराको निजगढमा समेत तेश्रो लहरका २० जना संक्रमित देखा परेका हुन । पछिल्लो ३ दिनमा स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो समयमा निजगढमा कोरोनाको जस्तै लक्षणहरू जस्तै ज्वरो, रुघा खोकी लागेको व्यक्तिहरुको संख्या समेत दिन प्रति दिन थपिदै गरेको छ ।
तोश्रो चरणको प्रकोपका कारण निजगढ नगरपालिकामा कोरोनामा हाल सम्ममा ३० जनामा कोरोना परिक्षण गर्दा २० जनामा कोरोना सक्रमण पुष्टि भईसकेको छ भने नगरभित्रमात्रै १२ जना सक्रिय सक्रमित छन । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बडीमा कोरोना देखिएसंगै निजगढ उच्च जोखिममा रहेको देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका सहायक ल्याब अधिकृत राजेन्द्र लामाले बताए ।