बिपिन अधिकारी ,
माघे संक्रान्तिको अवसरमा निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुँवरले वडा कार्यालयमा आज शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्ने बाली बिज्ञान संकायमा अध्यनरत संतोष पौडेल र रसुजा कुमारी चौधरीलाई वडा अध्यक्ष कुवरले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष सुरथ पुरी, सहसचिव थानेश्वर सापकोटा (अबिरल), नगर सदस्य सुदिप तिमल्सिना सन्चारकर्मी बिपिन अधिकारी , प्रलाद तिमल्सिना लगायत विभिन्न राजनीति दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा थारु समुदायको विषेस घुङ्गि, तिलौरा, चाकु, तरुल आदि परिकारहरु खुवाइएको थियो ।
कार्यक्रमा अध्यक्ष कुँवरले निजगढ नगरपालिका वडा नंं ४ मा विविध संस्कार संस्कृति भएको मानिसहरुको बसोबास रहेको र विशेष गरि थारु समुदाय भएकोले प्रत्येक बर्ष यो चाड मनाउदै आएर तथा प्रत्येक बर्ष वडामा २ जना अध्यनरत बिद्यार्थीहरुलाई सम्मान गदै आएकोे कुँवरले प्रेस चित्रलाई बताउनु भयो । कार्यक्रमको संचालन वडाका सचिव सोमसिंह लामाले गर्नु भएको थियो ।
थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । माघे संक्रान्तिकाे दिन कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवसका रुपमा पनि मनाइन्छ । एकै दिन पर्ने र एउटै नामको पर्व माघे संक्रान्तिलाई पनि भिन्नभिन्न भेग र समुदायमा फरक ढंगले मनाउने प्रचलन छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।