✍️ धिरज ‘निष्पक्ष’
किन मधेस ?
विश्वकै पहिलोअर्थशास्त्री कौटिल्यको अर्थशास्त्रअनुसार बृहद्रथ पुत्र जरासङ्घले मगधराज्य स्थापना गरेका थिए । जरासङ्घ ती हुन्, जो महाभारतकालीन समयका समग्रनायक श्रीकृष्णलाई रणभूमि छोड्न बाध्य तुल्याउने योद्धा हुन् ।
जरासङ्घले मगध राज्य स्थापना गरी राजधानी राजगृह बनाएका थिए । हाल भारतको पूर्वीराज्य विहारको तत्कालीन विशालभूगोल नै मगध हो । मगधमा ईशापूर्व ५४५ (विक्रमसम्वत्पूर्व ४८८) मा कठोर तानाशाही विम्बसार मगधका राजा भए । यद्यपि छोरा अजातसूत्रले विम्बसारको हत्या गरी आफू राजा भए र राजधानी पाटलिपुत्र बनाए । (पाटलिपुत्र आजको पटना हो ।)
मुख्यगरी मगध माटोको नाम हो । भूगोलको नाम हो । पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा महाभारतपर्वतको दक्षिणीटाकुरा (सम्भवत: चुरेपर्वत) र दक्षिणमा गङ्गानदी सीमाना भएको भूगोललाई मगध भनिन्छ । यद्यपि मगधको विरासत मौर्यसाम्राज्य विस्तार पूर्वमा बङ्गलादेश, पश्चिममा अफ्नानिस्तान, उत्तरमा चुरे र दक्षिणमा हैदरावादसम्म पनि फैलिएको थियो ।
राजा विम्बसारको सालो (श्रीमतीको भाइ) कोशल नरेश प्रसेनजितले भिनाजुसँग विद्रोह गरी आफैं राजा बनी कपीलवस्तु राज्य स्थापना गरेका थिए ।
आधुनिककाल (सन् १६४८) पछि मगधलाई बोलचालीको भाषामा मधेस भन्न थालियो । मधेस जातको नाम नभएर भूगोलको नाम भएतापनि मधेसको अधिकांश भूभाग (करिब ८९ प्रतिशत) हाल भारतमा पर्ने हुँदा, नेपालको प्रदेश २ लाई ‘मधेस’ नामाङ्करण गरिनु त्यति उचित नहुनसक्छ । मगधको पर्याय बरु मिथिला हुनसक्यो । यो भूमि ऋषि याज्ञवल्क्य र कौशिकको तपोभूमि हो ।
यद्यपि, जनताबाट निर्वाचित सार्वभौमसम्पन्न जनप्रतिनिधिहरूले त्यसबारे पनि विचार र विवेक प्रयोग त गरेकै होलान्, भन्ने लाग्छ ।
(तरपनि प्रदेश २ (मधेस)को बासिन्दा भएकोले चिन्ता र चासो लाग्ने नै रहेछ ।)
लेखक धिरज ‘निष्पक्ष’ प्रदेश २ को बासिन्दा हुन र उनले विभिन्न विधामा कलम चलाएका छन