आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल रु चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु २२ करोड छ लाख २२ हजार राजस्व कम सङ्कलन भएको हो ।
गएको आवमा सो अवधिमा रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले रु तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको थियो ।
कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा रु २७ करोड ७० लाख ३० हजार राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले बताए ।