काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ।
आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको छ। आपत्कालीन सुरुङ खन्ने काम वैशाखसम्म र मुख्य सुरुङ खन्ने काम साउनसम्म सम्पन्न हुने उनले जानकारी दिए ।
अहिले प्रतिमहिना तीन सय मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ।यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।