मधेश प्रदेशमा रहेको निजगढ नगरपालिकाको लागी सहजकर्ता र स्वयंसेवक पदका निम्ती १० जनालाई करारमा कर्मचारीको माग गरेको छ ।
खुल्ला प्रतियोगिता द्वारा करारको पदपूर्ति गर्नका लागि नगरपालिकाले १० जना कर्मचारीको माग गरेको हो । नगरपालिकाले माघ १० गते सुचना जारी गर्दै करारमा कर्मचारीको माग गरेको हो ।
कृषक दर्ता व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहजकर्ता तथा स्वयंसेवक करारमा लिनुपर्ने भएकाले सुचना जारी हो । कृषि तथा भेटेनरी बिषयमा जे.टि तथा जे.टि.ए वा कक्षा १२ उतीर्ण गरेको , इन्टरनेट , मोवाइल , ल्यापटप साथमा भएको र १८ बर्ष पुरा भई ३५ बर्ष ( महिलाको हकमा ४० बर्ष ) ननाघेको हुनुपर्ने नगरपालीकाले जनाएको छ । उम्मेदवारको आवेदन अन्तिम मिती माघ २२ गते सम्म रहेको नगरपालिकाले जनाएको छ । उम्मेदवारले कति थप जानकारी लिन निजगढ नगरपालीकाको कृषी शाखामा बुझ्नु पर्नेछ ।
हेरौ जारी गरिएको सुचना