सेवाग्राही सँग घुस लिने बाराका नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडा सचिव विनोदप्रसाद साहले जग्गा नाम सारी सिफारिसको लागि सेवाग्राही सँग ३ हजार ५ सय घुस लएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।