किसान आन्दोलन भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन ।
बिहीबार दिउसो पसाह पुलमा राजमार्ग बन्द गरेर प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरी प्रदर्शनकारीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण पुर्व पश्चिम राजमार्गमा भाटा र लाठीसहित बोकेर जनमत पार्टीका कार्यकर्ता बसेर राजमार्ग अवरुद्ध पारेका हुन्।
किसानको माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको जनमत पार्टीले बताएको छ। करिब १ घण्टा जनमत पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।
किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क बिजुली दिन लगायतको माग राख्दै जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलन भइरहेको छ। जनमत पार्टी बारा जिल्लाका सचिब बिजय गुप्ता अनुसार किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको बताएका छन ।