प्युठानमा-जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । गौमुख गाउँपालिका ओखरपाटामा बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप शनिबार बिहान अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो।
दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उहाँकी ११ वर्षीया छोरी एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगर रहेका छन् ।
बसन्त खड्का र एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताउनु भयो । पाँच जना घाइते रहेका छन् ।