काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गते (आज) देखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री खुला गरेको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. ३९५ तोकेको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते विहान ११ बजे खोलिने कार्यक्रम तय भैसकेको छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।