बाराको निजगढमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १० लालका रामबहादुर डिमडुङको निजगढ ४ कछडियाटोल स्थित घरमा रंग लगाउने क्रममा हिजो विद्युतीय तारको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय ज्ञानबहादुर मोक्तानको नयाँ घरमा पेन्ट गर्ने क्रममा नेपाल क्रसर उद्योगको लागि तानिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज पु¥याइएको थियो । प्रहरीका अनुसार अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटना बारेमा ईलाका प्रहरी कार्यालय निजगढले ढिलो खबर पाएको थियो । अस्पतालले मृत घोषणाा गरेपछि मात्र प्रहरीले घटनाबारेमा जानकारी पाएको बताइएको छ ।