बाराको निजगढमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुर्दशन कोइरालाको अध्यक्षतामा भएको सो साधारण सभाको प्रमुख अतिथि निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले दीप प्रज्वलन गरेर उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, नेकपा एमाले निजगढ नगर कमिटी उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेश निजगढ नगर सचिव मधु तिमल्सिना, माओवादी केन्द्रका संगम लोप्चन, रापप्रा नगर अध्यक्ष खडगप्रसाद उप्रेती, लोसपाका मोजहर मन्सुर, निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिसन सापकोटा, निजगढ ८ का पूर्व वडा अध्यक्ष टेकबहादुर लामा, समाजसेवी सावित्री भारती, शोभा राउत, धनमाया लामालगायतले साधारण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्था संचालक समितिका सदस्य मनोज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको संचालन सचिव महेश्वर अधिकारीले गर्नुभएको थियो । साधारण सभाको बन्द सत्रले अध्यक्ष कोइरालाले पेस गरेको संस्थाको भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष संझना थापाले प्रस्तुत गरेको लेखा समतिको प्रतिवेदनसहित चालूआर्थिक वर्षको अनुमानित आयव्याय सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कोइरालाले निजगढका उपभोक्तालाई खानेपानीको थप सुविधा उपलब्ध गराउन सुख्खा क्षेत्र खानेपानी आयोजना संचालन गर्न लागिएको बताउनुभयो ।