२३ असोज, बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस सहितको गठबन्धनको तर्फबाट खानेपानी मन्त्री समेत रहेका उमकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।
आज दिउसो बाराको कोहल्बीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन ।