बाराको उत्तरी बेगमा रहेको निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठ (राजु) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
पीडित बालिकाका तर्फबाट वडा अध्यक्ष श्रेष्ठ विरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी ति नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठले राति करिव ८.३० बजे घरमा लगेर आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको निजगढ प्रहरीले पुष्टि गरेको छ । अध्यक्ष श्रेष्ठविरुद्ध जबरजस्ती करणीको आरोपमा पीडितको तर्फबाट उजुरी परेको छ । अध्यक्ष विरुद्ध जाहेरी परेलगत्तै प्रहरीले हिजो नै किशोरीको शारीरिक परीक्षण गराएको छ ।
उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न नमिल्ने प्रहरीले बताएको छ । बनेपाको एक विद्यालयमा अध्ययनरत किशोरीलाई दशैं बिदापछि विद्यालयमा पुर्याउन गएकी आफ्नी आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए । आरोपित वडा अध्यक्ष श्रेष्ठसंगको मोवाइलमा पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरीको स्रोतले भने ।
तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गएको वैशाखमा भएको स्थानिए निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।