मधेस प्रदेशमा उखुलाई धेरै आम्दामी हुने भएर लगाइन्छ तर यहि आम्दामीको स्रोत नै नष्ट हुदा किसानलाई के हुन्छ , यस्तै बाराको निजगढ नगरपालिका ८ स्थित अस्सी बिगाहमा रहेको तिन विघा उखुखेतीमा भिषण आगोलागी भएको छ ।
वुधबार दिउँसो ४ बजेदेखी सुरु भएको सो आगो दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । स्थानिए कृषक हिरा सारु मगरको १ बिघा र राम खत्रीको २ बिघा उखुखेतीमा आगो लागेको थियो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिए ।
दिउँसो एकासी लागेको आगोलागीबाट तिन विघा जमिनमा लगाएकोे उखु पूर्ण रुपमा जलेर नष्ट भएको हो । ‘बारीमा लगाइएको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो अब के गर्ने ? कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’
स्थानियको अनुसार आगोलागी भएको उखुखेतीमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्तकाल निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकल पठाएर आगो नियन्त्ररणमा आएको बताए ।
आफूलाई खबर प्राप्त हुने बितिकै निजगढ नगरपालिकाको दमकल पठाएकाे तर एउटा दमकलले मात्र आगो नियन्त्रण नहुने भएपछि कोहल्वी नगरपालिकाको दमकल पठाएकै कारण बढी क्षती हुनबाट जाेगिएकाे उनले बताए । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ नगरप्रमुख पुरीले भने, ‘आगो लागेको उखुबारी भित्रनै गएर दमकलले आगो नियन्त्रण लिन सफल भयो जसको कारण थप बढी क्षति हुन पाएन ।’